विश्वकै पहिलो पुरुष, जसको देब्रे पाखुरामा लिंग छ



एजेन्सी । ब्रिटेनमा एउटा अचम्मको घटना भएको छ । मेकानिक पेशामा आवद्ध ४५ बर्षीय मेलकम मेकडोनाल्ड गंभीर प्रकृतिको ब्लड ईन्फेक्सनबाट पीडित बने । यो पेरिनेम भनिने दीर्घ रोग हो ।

यसका कारण मेकडोनाल्डले पुरुषत्व गुमाए भने उनको लिंग समेत पतन भयो । सन २०१४ मा उनलाई पेरिनेम रोगको संक्रमण भएको हो । यो रोगका कारण सुरुमा उनका हात र खुट्टाका औंलाहरु कालो हुँदै गए ।

विस्तारै उनको लिंग पनि कालो भयो । सन २०१५ मा मेकडोनाल्डले पुरुषत्व पनि गुमाए । यति मात्रै कहाँ हो र ? उनको लिंग समेत पतन भयो । त्यसबेला उनको लिंग अचानक भुईंमा खसेको थियो । अण्डकोष भने सहिसलामत नै थियो । उनले भुईंमा खसेको आफ्नो लिंगलाई डस्ट बीनमा फालिदिएका थिए ।

यो घटनाले झण्डै विक्षिप्त जस्तै अवस्थामा पुगेका मेलकमले बताए, “म एक्दमै हतास भैसकेको थिएं । म भित्र आत्मविश्वास भन्ने कुनै चिजै थिएन । मेरो जीवन अलग्गै भैसकेको थियो । यो परिस्थितिको सामना गर्न मैले रक्सी पिउन थालें । मैले आफुलाई परिवार र साथीहरुसंग अलग्याएं ।”

झण्डै झण्डै जीवनसंग हारेको अवस्थामा पुगेका मेकडोनाल्डले बायोनिक लिंग बनाउने एक विशेषज्ञका बारेमा थाहा पाए । उनले ती विशेषज्ञसंग भेटेपछि पछि भने आशाको किरण जाग्यो । ‘पेनिस मास्टर’ को उपनामले चर्चित लण्डनको युनिभर्सिटी कलेज अस्पतालका प्रोफेसर डाक्टर डेविड राल्फसंग मेकडोनाल्डको भेट भएको हो ।

डाक्टर राल्फले आर्म ग्राफ्ट ट्रिटमेन्ट गर्नुपर्ने र यसका लागि २ बर्षको समय लाग्ने बताएका थिए । लिंग निर्माणको यो सबै प्रकृयाका लागि ५० हजार पाउण्ड खर्च लाग्ने डाक्टरको भनाई थियो ।

दुवै पक्षको सहमतिपछि डाक्टर राल्पले मेल्कमको रक्त वाहिनी नसा र तंत्रिकाहरुको प्रयोग गरि नयाँ लिंग बनाएर मेकडोनल्डको बाँया हातमा प्रत्यारोपण गरिदिए । डाक्टरका अनुसार लिंगको पूर्ण विकास भएपछि उसको प्राकृतिक स्थानमै प्रत्यारोपण गरिनेछ ।

डाक्टर राल्पले बताए जस्तै लिंगको विकास पनि भैसकेको छ तर अहिले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रकोपले यो प्रकृयाले पूर्णता पाउन सकेको छैन । यो बर्षको अन्त्यसम्म लिंग प्रत्यारोपण हुने मेल्कमले आशा लिएका छन ।

तर अहिले मेल्कम हातमा लिंग भएको विश्वकै पहिलो पुरुष बनेका छन । उनी भन्छन, “म मेरो हातमा रहेको लिंग सबैलाई देखाउन पनि सक्दिन । त्यसैले यसलाई छोप्न सधैं लामो बाहुला भएको कपडा लगाउँछु ।”

यति गर्दा गर्दै पनि कहिले काँही उनको हातको लिंग देखिईहाल्छ । त्यस्तो बेला देख्नेहरु अचम्म मान्ने र हास्ने गर्छन भने आफुलाई निकै अप्ठ्यारो महसुस हुने मेलकम मेकडोनाल्डले बताएको द सन पत्रिकाले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV