एक महिनामै पार्क बनाउँदै ललितपुर महानगरपालिका



ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर ४ जावलाखेलमा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आज पार्क निर्माणको शिलान्यास गरे ।

भदौ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने योजनाका साथ पार्क निर्माणको काम सुरु भएको हो । भोटेजात्रा भन्दा पहिले नै पार्कको निर्माण सकिने मेयर महर्जनले बताए । भोटो देखाउने दिन पार्कको दक्षिण क्षेत्रमा जेष्ठ नागरिकलाई लस्करै राखेर भोटो देखाउने योजना रहेको उनले बताए ।

बालमैत्री र अपाङ्गमैत्री पार्क निर्माण गर्ने महानगरपालिकाको योजनाअनुसार निर्माण सुरु भएको हो । महानगरपालिकाको वातवरण सुधार, सार्वजनिक जग्गाको संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ । पार्क निर्माणका लागि महानगरले ९४ लाख ६१ हजार ४ सय ८४ रुपैयाँ बजेट विनियोजन गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV