मन्त्रिपरिषद् बैठक सम्पन्न, यस्ता भए निर्णय



काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । उनी यसअघि राष्ट्रिय योजना आयोगको सदस्य थिए ।

बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् । लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठकमा गरिए पनि निर्णय हुन सकेको थिएन ।

सुशासन र समृद्धिको नाराले झन्डै दुई तिहाइ मत पाएको नेकपा नेतृत्वको सरकारले विवादित छविका भट्टलाई सीइओ नियुक्ति गरेका हुन् । बुढीगण्डकी आयोजना, त्रिशुली थ्री ए लगायत दर्जनौं परियोजना अलपत्र पारेर राज्यलाई नोक्सानी पुर्यार्उने भट्टलाई सरकारले बोर्डको सिइओ नियुक्ति गरेकोमा सर्वत्र आलोचना भएको छ ।

यसैगरी, मन्त्रिपरिषद बैठकले वीरबहादुर राई सचिवमा बढुवा पनि गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV