मलेसियामा नेपाली कुट्ने नेपाली नै, दूतावासले निकाल्यो यस्तो विज्ञप्ति



काठमाडौं । परदेशमा बाबुआमासहित परिवारबाट टाढा रहँदा आफ्नै देशमा मानिसहरु परिवार बन्दछन् । तर, रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली युवामाथि आफ्नै देशका नागरिकले कुटपिट गरेका छन् । सामाजिक सञ्जालमार्फत केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मलेसियास्थित नेपाली दूतावासको सक्रियतामा पीडित र पीडक दुबैलाई खोजी गर्दा पीडक र पीडित दुवै नेपाली भएको खुलासा भएको हो ।

दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दुवैजना व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको जनाएको छ । ‘दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ । पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक राम गोपाल मुराउ कपिलबस्तु जिल्लाका स्थायी बासिन्दा हुन्, ’ दूतावासको विज्ञप्तिमा भनिएको छ । मलेसियाको अध्यागमन कानून अनुसार पीडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको पनि खुलेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV