फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं । सुनचाँदीको बजार मूल्य मंगलबार पनि बढेको छ । पछिल्लो समय कोरोना महामारी सुरु भएदेखि निरन्तर बढिरहेको सुनको मूल्य मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमै कारोबार भएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV