'२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौँ, मेरै पार्टीमा ४५० जनाको बैठक चाहियो' : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेताहरु गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । बालुवाटारमा विज्ञसँगको छलफलका क्रममा ओलीले २५ जनाभन्दा धेरै जम्मा हुन नदिए पनि आफ्नै पार्टीका नेताहरु गैरजिम्मेवार बनेको आरोप लगाए ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक माग भएको विषयलाई संकेत गर्दै ओलीले भने, 'केही संस्था, व्यक्तिमा गैरजिम्मेवारपन देखिन्छ । त्यो अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा देखिन्छ । हाम्रै साथीमा देखिन्छ । आफ्नो स्वार्थका लागि कुद्ने प्रवृत्तिले कहाँ पुग्ने ?’

देश र जनताप्रति उदासीनता देखाएको आरोप लगाउँदै उनले भने, हामीले ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? के गर्ने हो सोच केही छैन ? स्थायी कमिटी अहिले बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो, यसबाहेक केही छैन ।'

नेकपा विवाद चर्किदै गएपछि ओलीले नै देशभर आफ्नो पक्षमा प्रदर्शन गर्न लगाएका थिए । विधान अनुसार केन्द्रीय कमिटी बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले विज्ञसँगको छलफलका क्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नदिएको तर्क गरेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV