मकवानपुरमा चार अर्बभन्दा बढी राजस्व संकलन



मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७६/७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख ८० हजार राजस्व असुली गरेको छ ।

यो आर्थिक वर्ष २०७४/७५ को तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७४/७५ चार अर्ब २२ करोड ४३ लाख ४८ हजार राजस्व असुली गरेको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख अधिकृत सन्तबहादुर ढकालले बताए ।

कार्यालयका अनुसार सङ्कलित राजस्वमध्ये अन्तः शुल्कतर्फ रु दुई अर्ब ५२ करोड १६ लाख १० हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब दुई करोड ९५ लाख ६६ हजार र आयकरतर्फ रु ८९ करोड ६० लाख ६८ हजार रहेको छ ।


त्यसैगरी सो कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्यअनुसार घरबहाल कर सम्बन्धमा प्रदेश सरकारको नयाँ नियमावलीअनुसार स्थानीय निकायले नै आफ्नो नगरको घर बहाल कर असुली गर्ने गरेकाले यस वर्षदेखि सरकारको राजश्व ढुकुटीमा सङ्कलन नभएको सो कार्यालयको सूचना अधिकृत हरेराम ढकालले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV