स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई कोरोना संक्रमण



धनगढी । कैलालीको एक क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, चौकीदार र भान्छेमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

कैलारी गाउँपालिका वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा कार्यरत एक जना स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई मंगलबार कोरोना भाइरस संक्रमण देखिएको हो ।

विद्यालयको क्वारेन्टिनमा कार्यरत ल्याबको काम गर्ने एक जना स्वास्थ्यकर्मी, विद्यालयको चौकीदार र क्वारेिन्टनमा बसेकाहरुका लागि खाना पकाउने व्यक्तिलाई कोरोना संक्रमण भएको गाउँपालिकाका स्वास्थ्य संयोजक बीरेन्द्र सापकोटाले बताए ।

स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र स्थानीयको स्वाब संकलन गरी परीक्षण गरिने संयोजक सापकोटाले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मी एकदिन घर पनि गएका थिए । यसैगरी, उनको सम्पर्कमा केही स्थानीय व्यक्ति पनि आएका छन् । आइसोलेसनमा राखिएका सम्पूर्ण संक्रमितलाई निको बनाएर घर पठाएपछि अन्त्यमा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक सापकोटाले बताए । (राजधानी दैनिक)




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV