लेबनानको राजधानी बेइरुतमा ठूलो विस्फोट, ७० को मृत्यु, ४ हजार बढी घाइते (फोटो फिचर)



एजेन्सी । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७० जनाले ज्यान गुमाएका छन भने ४ हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।

एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थ विष्फोट हुँदा यो घटना भएको बताइएको छ । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन्। अमोनियम नाइट्रेट विस्फोट हुने रसायन हो। राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ। यो घटनालगत्तै अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्। प्रधानमन्त्री हासान डीयाबले यो घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जवाफदेही बनाइनुपर्ने बताएका छन्।

उनले ूखतरनाक गोदामू बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि यो विस्फोटन भएको हो।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो। ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।

यो घटनाबारे ब्रिटेन र फ्रान्ससहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन्। उनीहरूले लेबनानलाई आवश्यक सहयोग गर्ने बताएका छन्। त्यसअघि लेबनानका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वानसमेत गरेका थिए।

पछिल्लो समय लेबननमा राजनीतिक अस्थिरता चुलिएको छ। सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक सङ्कट व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको बिबिसीले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV