फुलहम इंग्लिस प्रिमियर लिगमा बढुवा



एजेन्सी । लण्डन क्लब फुलहम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ ।

च्याम्पियनसिपको प्ले अफमा गएराति ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा दुई एक गोल अन्तरले पराजित गर्दै फुलहम प्रिमियर लिगमा फर्किएको हो ।

वेम्बलीमा खेलको निर्धारित समय र थप गरिएको समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा जोइ ब्रायनले दुई गोल गरेपछि फुलहम प्रिमियर लिगमा बढुवा भएको हो ।

त्यस्तै अतिरिक्त समयमा ब्रेन्टफोर्डका हेन्रिक डालसगार्डले एक गोल फर्काएका थिए ।

गत सिजन रेलिगेसनमा परेको फुलहमले एक सिजनपछि नै प्रिमियर लिगमा फर्किएको हो ।

ब्रेन्टफोर्ड पछिल्लो ७३ वर्ष यता शीर्ष डिभिजनमा उक्लन सकेको छैन ।

फुलहम च्याम्पियनसिपको चौथोमा रहंदै प्ले अफ खेल्न पाएको हो ।

लामो समय दोस्रो डिभिजनमा रहेको ब्रेन्टफोर्ड तेस्रो भएको थियो ।

यस सिजनमा लिड्स र वेस्ट ब्रुम भने शीर्ष दुईमा रहेर प्रिमियर लिगमा बढुवा भईसकेका छन ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV