इंग्ल्याण्डसंगको खेलमा आयरल्याण्डको जित



एजेन्सी । आयरल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड पराजित भएको छ ।

साउथह्याम्पटनमा गएराति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।

एजेस बाउलमा इंग्ल्यान्डले दिएको ३ सय २९ रनको लक्ष्य आयरल्याण्डले ४९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको थियो ।

आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १ सय ४२ रनको शतकीय इनिङ्स खेल्दा कप्तान एन्डी बलब्रिनेले १ सय १३ रनको शतकीय इनिङ्स खेले ।

ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे ।

इंग्ल्यान्डका डेभिड विलि र आदील राशिदले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले अलआउट हुँदै ३ सय २८ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले १ सय ६ रनको शतकीय इनिङ्स खेले ।

टम बानटनले ५८ रन जोड्दा डेभिड विलिले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

आयरल्याण्डका क्रेग योङले ३ विकेट लिए । त्यस्तै जोस लिटल र कुर्टिसले २–२ विकेट लिए ।

अन्तिम खेलमा पराजित भएपछि इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्न असफल भएको छ ।

इंग्ल्यान्डले सिरिज भने २–१ ले जित्न सफल भएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV