भारतविरुद्ध चीनले लद्दाख नजिकै तैनाथ गर्‍याे परमाणु मिसाइल



एजेन्सी । भारतसँगको सीमा विवाद चर्किएपछि चीनले लद्दाख नजिकैको क्षेत्रमा परमाणु हतियार लैजाने मिसाइल तैनाथ गरेको छ । भारतीय सञ्चारमाध्यमले परमाणु हतियार लैजाने मिसाइल लद्दाख नजिकैको क्षेत्रमा चीनले तैनाथ गरेको दावी गरेका छन् । केही स्याटेलाइट तस्बिर पनि सार्वजनिक भएको छ ।

लद्दाखबाट ६ सय किलोमिटरको दूरीमा परमाणु बमबर्षक तैनाथ गरेको समाचार सार्वजनिक गरेको केही समयमै चीनले सिनजियाङ प्रान्तको कोर्ला आर्मी बेसमा मिसाइल तैनाथ गरेका स्याटेलाइट तस्बिर सार्वजनिक भएका छन् ।

भारतीय सुरक्षा अधिकारीले ती मिसाइलको प्रहार चार देखि ५ हजार किलोमिटरसम्म रहेको बताएका छन् । चीनले प्रहार गरेमा भारतका सबैजसो सहर ध्वस्त हुनेछन् । यी तस्बिरको सार्वजनिक ओपन इन्टेलिजेन्स सोर्सले गरेको छ ।

चीनले सन् २०१९ मा भारतसँग जोडिएका पश्चिम उत्तर क्षेत्रका पठार क्षेत्रमा युद्धअध्यास गरेको थियो । चिनियाँ मिसाइल परम्परागत एवं अटोमेटिक हतियार लैजान सक्षम खालको छ ।

कुन मिसाइलमा कस्तो हतियार छ भन्ने कुरा पनि पत्ता लगाउन नसकिने खालको संसारकै दुई प्रकारको क्षमता भएको मिसाइल हो । चिनियाँ मिसाइललाई गुआम किलर पनि भनिन्छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV