सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला एक लाख नाघ्यो



काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख नाघेको छ । नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो । यसअघि पछिल्लो २ दिन स्थिर रहेको चाँदीको मूल्यपनि आज प्रतितोला ६५ रुपैयाँले बढेको छ । चाँदी बुधबार १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV