पथरैया नदीमा निर्माणाधीन पुल अलपत्र



कैलाली । कैलालीको पथरैया नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ ।

दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरवाहीका कारण सो पुल अलपत्र परेको हो । एलाइड एडभेन्चर जोइन्ट जेभीले कन्सट्रक्सन प्रालिसँग सम्झौता भएको तीन वर्ष पुगिसक्दा पनि अहिलेसम्म २० प्रतिशतमात्र काम सम्पन्न भएको जनाइएको छ ।

निर्धारित समयमा पुलको बेस मात्रै बनाएर छाडेको निर्माण कम्पनीले एक वर्ष म्याद थप गर्दासमेत सम्पन्न गर्न नसकेको सडक डिभिजन साइट कार्यालय धनगढीका इञ्जिनीयर लक्ष्मण जोशीले बताए ।

एड्भेन्चर जेभी कन्स्ट्रक्सनका नाममा ठेकेदार चन्द्रशेखर मल्लले सो पुल निर्माणका लागि २०७४ जेठमा दुई वर्षभित्रै काम सम्पन्न गर्ने गरी रु आठ करोड १३ लाख ७३ हजारमा ठेक्का सम्झौता गरेको बताउँदै जोशीले दुई वर्षका अवधिमा पुलको काम जम्मा २० प्रतिशतमात्र सम्पन्न भएको जानकारी दिए ।

गत जेठ मसान्तमा पुल निर्माणका लागि दोस्रोपटकको म्यादसमेत सकिए पनि पुल निर्माणसम्पन्न हुन नसकेको इञ्जिनीयर जोशीको भनाइ छ । ठेकेदारले लकडाउनको बहाना बनाएर पुल निर्माण गर्न नसकेको प्रतिक्रिया दिन थालेको उनले बताए । उनले ठेकदारलाई कारवाहीका लागि सिफारिस गर्नेबारे पनि छलफल भइरहेको बताए ।

सो कम्पनीले पप्पु एड्भेन्चर जेभीको फर्म प्रयोग गरी ठेक्का पाएको धनगढी–७ स्थित शिवगङ्गा नदीको पुल पनि वषौँदेखि अलपत्र परेको छ । रु १२ करोडको लागतमा १५० मिटर लम्बाइको उक्त पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ सालमा ठेक्का सम्झौता भएको थियो ।

त्यसअनुसार गत जेठ मसान्तमा पुल निर्माणको म्याद सकिएको छ । पुल निर्माणको जिम्मा पाएका एलाइडले सम्झौता अवधिमा जम्मा ४५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन साइड कार्यालय धनगढीले जनाएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन बमले ठेकेदारको लापर्वाहीका कारण एड्भेन्चर कम्पनीले पाएका पुल अलपत्र पर्ने गरेको बताए । रासस




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV