कोरोना सुरक्षा : सामान बेच्नका लागि पसलेको अचम्मको आविस्कार (भिडियो)



एजेन्सी । सामान्यतया कुनैपनि कामका लागि आफ्नो नयाँ सोच बनाउनु भन्दा हामी रेडिमेड उपायको खोजी गरिरहेका हुन्छौँ । सामान्य कुरामा पनि आफ्नो दिमाग खियाउनु भन्दा सहज के पाइन्छ तेता बढी ध्यान गइरहेको हुन्छ । तर, एक व्यक्तिले आफ्नो पसलको सामान बेच्नका लागि अपनाएको उपायले भने यतिबेला सामाजिक सञ्जालमा सबैको ध्यान खिचिरहेको छ ।

ट्विटरमा अपलोड भएको एउटा छोटो भिडियोले सामाजिक दुरी कायम गराएर पसलबाट कसरी सामान बेच्न सकिन्छ भन्ने देखाउँछ । भरत पाटिलको नामबाट ट्विट भएको उक्त भिडियोमा घेराबार गरिएको पसलबाट दुरी कायम गरेर समान दिने तथा पैसा लिने अनौठो उपायलाई देखाइएको छ ।

उक्त भिडियोमा देखिएका व्यक्तिले डोरी र पुरोनो रिक्साको चेनलगायतको सामाग्री प्रयोग गरेर एउटा ट्रली निर्माण गरेका छन् । जसमा उनले सामान राखेर घेराबार बाहिर ग्राहकलाई उपलब्ध गराउँछन् । र, सोही ट्रलीमार्फत पैसा लिन्छन् ।

उक्त भिडियोसँगै पाटिलले गाउँले केटाले सामाजिक दुरीसहितको कारोबारका लागि गरेको जुगाड लेखेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडियोमा देखाइएको प्रविधिलाई गज्जबको आविस्कार र प्रतिभा भएको बताएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV