पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ३८१ थपिएका छन् ।

देशभर रहेका विभिन्न कोरोना परीक्षण केन्द्रहरुमा गरिएको परीक्षणमा थप ३८१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।

बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV