सुन प्रतितोला १ लाख ३० हजारसम्म पुग्नसक्छ, यसकारण बढ्यो मूल्य (भिडियो)



काठमाडौं । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।

नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रतितोला १ लाख १ हजार ४ सय पुगेको हो । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा परेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बर्जाचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्यवृद्धि भएको बताए । विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताहरुले सुनबजारलाई सुरक्षित क्षेत्रको रुपमा लगानी बढाएको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ । महासचिव बज्राचार्यकाअनुसार केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २३ सयदेखि २५ सय डलरसम्म सुनको मूल्य पुग्ने आँकलन विज्ञहरुले गरेका छन । गतवर्ष साउन २१ गते सुन तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको भएको थियो ।

आज एक वर्षपछि तोलामा ३३ हजार ४ सयले सुनको मूल्य बढेको हो । सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीहरुको भनाई छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV