२४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएका हुन् ।

काठमाडौंका ५७ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार पनि उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म ६ हजार १ सय ७४ जना कोरोनाका सक्रिय बिरामी छन्। जसमध्ये प्रदेश १ मा ३१२ जना, प्रदेश २ मा २ हजार ६ सय २२ जना, बागमती प्रदेशमा ७८५ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३४० जना, कर्णली प्रदेशमा २९२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ सक्रिय बिरामी रहेको मन्त्रालयले जनाएको छ।

यस्तै बुधबार थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ३९० पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३० जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको कुल संख्या १५ हजार १ सय ५६ पुगेको छ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV