कर्णालीमा ११ कोरोना संक्रमित थपिए



सुर्खेत । कर्णाली प्रदेशमा बुधबार ११ जना नयाँ कोरोना संक्रमित बिरामी थपिएका छन ।

सामाजिक बिकास मन्त्रालय सुर्खेतका अनुसार बुधबार सुर्खेतका ७, पर्साका ३ र कालिकोटका १ गरी ११ जना नयाँ संक्रमित थपिएका हुन ।

योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ९ सय ५६ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ३१ जना संक्रमित निको भइ घर गएका छन । योसँगै प्रदेशमा कोरोनाबाट निको भइ घर जानेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

प्रदेशमा हालसम्म ६ जना व्यक्तिको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । अब प्रदेशका विभिन्न आइसोलेसनमा १ सय ७८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको सामाजिक बिकास मन्त्रालले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV