सेती अस्पतालले किन्न सकेन सिटी स्क्यान मेसिन



काठमाडौं । सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन । प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो ।

तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले मेसिन खरिदका लागी साढे ८ करोडको बजेट आएको भए पनि कार्यान्वयन गर्न नसकिएको बताए । चालु आर्थिक वर्षमा ९ करोड बजेट विनियोजन भएको र अबको १० दिन भित्रै खरिद प्रक्रिया सुरु हुने उनले बताए ।

पटक–पटक ताकेता गर्दापनि अस्पताल प्रशासनको लापरवाहीका कारण गत आर्थिक वर्षको बजेट फ्रिज भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पताल प्रशासन र व्यवस्थापन समितिको आन्तरिक किचलोका कारण बजेट फ्रिज गएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

गत आर्थिक वर्षका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा मेसिन खरिद गर्न साढे ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । यस्तै भवन निर्माणका लागी ६ करोड विनियोजन गरेको थियो ।

तर अस्पताल प्रशासनले भने आन्तरिक कारण देखाउँदै अहिलेसम्म मेसिन खरिद गर्न सकेको छैन । अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा सेवाग्राहीले दुःख पाएका छन । बिरामीहरू सेवाका लागि निजी अस्पताललाई ८ हजारदेखी १८ हजारसम्म तिर्न बाध्य छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV