लामो समयसम्म एकै स्थानमा बस्नुहुन्छ ? अपनाउनुस् यस्तो तरिका



एजेन्सी । कार्यालयमा काम गर्ने मानिसहरूलाई राम्रोसँग थाहा हुन्छ कि लामो समयसम्म एक ठाउँमा बसिरहँदा शरीरमा विभिन्न समस्या देखिन्छ । एकै ठाउँमा ८/९ घण्टासम्म बस्न अथवा एकै स्थानमा बसेर काम गर्न निकै गाह्रो हुन्छ ।

लकडाउनपछि प्रायः मानिसहरूले घरबाटै कार्यालयको काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरु एकै स्थानमा अथवा एउटै कुर्सीमा धेरै घण्टासम्म बसिरहेका हुन्छन् । त्यसकारण कुर्सी र त्यसमा कसरी बस्न सकिन्छ भन्ने कुरालाई बेवास्ता गर्दा तपाईंको स्वास्थ्यलाई ठूलो नोक्सान पुग्न सक्छ ।

यदि तपाई एकै स्थानमा भेरै समय बसेर काम गर्नुहुन्छ भने आफ्ना लागि एक कार्यमैत्री कुर्सीको व्यवस्था गर्नुहोस् । घण्टौँसम्म साधारण कुर्सीमा बस्नाले तपाईंलाई शरीरमा दुखाउन सक्दछ । घण्टौँसम्म बस्न आरामदायक कुर्सी हुनु धेरै महत्वपूर्ण छ ।

लामो समयसम्म बस्नका लागि एर्गोनोमिक्स, काठ वा प्लास्टिकको कुर्सीको सट्टा कुनै लचिलो कुर्सी प्रयोग गर्नुपर्दछ । एक लचिलो कुर्सी स्वास्थ्य सम्बन्धित समस्याहरू समाधान गर्न र कर्मचारीहरूमा तनाव कम गर्नका लागि पनि परिचित छ ।

कुर्सीमा बस्दा मेरुदण्ड सिधा राख्नुहोस् । दुवै खुट्टा सधैं जमीनमा राख्नुहोस् । अक्सर मानिसहरू कुर्सीको उचाई बढाउँछन् र खुट्टालाई हावामा झुण्ड्याउँदछन्, जुन सही नभएको विज्ञहरुको सुझाव छ ।

हावामा खुट्टा झुण्डीएको अवस्थामा कम्मरको हड्डीमा दबाब आउँछ, जसले घुँडा र खुट्टामा दुखाइ बढाउँछ । कुर्सीमा बस्ने समयमा यी कुराहरुमा ध्यान पुर्याउन सके स्वास्थ्य समस्यामा कमी आउँछ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV