बिहीबार बिहान ओली–प्रचण्डबीच भेटवार्ता



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको छलफल स्थगित भएको छ ।

तीन दिनदेखि लगातार हुँदै आएको वार्ता सकारात्मक रहेको बताइरहेका बेला आजको भेटवार्ता भने भोलि विहानसम्मका लागि स्थगित भएको हो ।

बेलुका ५ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान हुने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले ट्वीट गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘पार्टीका अध्यक्षद्वयबीचको आज ५ः०० बजे निर्धारित भेटवार्ता स्थगित भएको छ। भोलि बिहान बस्ने तय भएको जानकारी गराउन चाहन्छु ।’

पार्टीको आन्तरिक विवाद समाधानका लागि निरन्तर छलफल हुँदै आएको छ । जारी स्थायी कमिटीको बैठक पनि स्थगितकै स्थितिमा छ । डेढ सयभन्दा बढी केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन् ।

अध्यक्षद्वयकै बीचमा कुरा मिल्न नसक्दा अहिले व्यापक अन्यौलता छाएको छ । पार्टी एकता भंग हुने हो कि भन्ने आशंका व्यापक बनेको छ । तर, दुवै अध्यक्षले पार्टी एक ढिक्का बनाएर अघि बढ्ने बताइरहेकै छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV