'भारतमा भएको नयाँ भ्याक्सिन परीक्षण पूर्ण सफल'



एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) सँग लड्नका लागि अक्सफोर्ड विश्वविद्यालयले बनाएको भ्याक्सिन सफलता उन्मुख रहेको अवस्थामा अर्को एक भ्याक्सिनले पनि सफलता पाएको छ । नयाँ भ्याक्सिन बनाएको कम्पनीले आफ्नो भ्याक्सिनले कोरोना संक्रमणबाट जोगाउँदै शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने दाबी गरेको छ ।

दाबी गरिएअनुसार उक्त भ्याक्सिनले शरीरमा रहेको कोरोना भाइरसलाई हटाउँदै भविष्यमा हुनसक्ने कोरोनाको आक्रमणबाट जोगाउने एन्टिबडिज् पनि उत्पादन गर्दछ । यस भ्याक्सिनको नाम हो, नोभाभ्याक्स । नोभाभ्याक्स कम्पनीले आफ्नो भ्याक्सिन सफल भएको दाबी गरेको छ ।

कम्पनीले आफूले निर्माण गरेको भ्याक्सिन सफल भएको घोषणा गरेलगत्तै उक्त, कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीले भ्याक्सिनको तेस्रो अर्थात अन्तिम ट्रायल सेप्टेम्बरको अन्तमा सकिने र त्यसलगत्तै उत्पादन सुरु गरिने बताएको छ ।

कम्पनीले सन् २०२१ को सुरुवातमा १ सयदेखि २ सय करोड डोज उत्पादन गर्ने बताएको छ । नोभाभ्याक्सका प्रमुख ग्रेगरी ग्लेनले आफ्नो कम्पनीको अन्तिम तथ्याङ्कअनुसार सरकारले डिसेम्बरसम्ममा उत्पादनको अनुमति दिने विश्वास व्यक्त गरेका छन् ।

कम्पनीले दाबी गरेअनुसार नोभाभ्याक्सले कोरोना संक्रमितलाई पूर्ण रुपमा संक्रमण मुक्त गरिरहेको छ । नोभाभ्याक्सलाई अमेरिकी सरकारको तर्फबाट फण्डिङ आइरहेको पनि कम्पनीले बताएको छ । गत मे को अन्तिममा ट्रायल सुरु गरेको यो भ्याक्सिनले १८ देखि ५९ वर्षका १ सय ६ जनालाई पूर्णरुपमा संक्रमण मुक्त बनाएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV