'ओली आफूले देशभर गुट चलाए, स्थायी कमिटीलाई हुल्लडबाज र केन्द्रीय कमिटीलाई सडकछाप भने': झलनाथ खनाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेसनको नाममा देशव्यापी गुट सञ्चालन गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै खनालले पार्टी नेताहरुविरुद्ध ओलीले देशव्यापी गुट चलाएको आरोप लगाए । उनले भने, 'ओलीले मदन भण्डारी फाउन्डेसनबाट राष्ट्रव्यापी गुट चलाउनु भयो, जिल्ला मात्र होइन पालिका तथा वार्डसम्म कमिटी बनाएर अर्का अध्यक्ष प्रचण्ड लगायतका पक्षलाइ खण्डन गर्ने आलोचना गर्ने काम गर्नुभयो । एमालेमा हुँदा पनि गुट नै सञ्चालन गर्नू भएको थियो ।'

विधि र प्रक्रिया अनुसार बैठक बसेर निर्णय गर्ने कुरालाई महत्व नदिएको भन्दै खनालले भने, 'देशभर गुट सञ्चालन गर्ने र आफूले पार्टी बैठक अस्वीकार गर्ने काम भयो । स्थायी कमिटीलाई हुल्लडबाज भन्नुहुन्छ र केन्द्रीय कमिटीलाई सडकछाप भन्नुहुन्छ । उहाँले पार्टी कता लैजानु हुन्छ ? बिस्फोट हुने अवस्थामा पुगिसक्यो ।'

सरकारका नियुक्तीमा पनि असन्तुष्टि जनाउँदै खनालले भने, 'पार्टीमा छलफल गरेर राम्रो मान्छे नियुक्ती गर्नूको सट्टा विचौलियालाई किन भनेर सोधेको । प्लानिङ कमिसनको मान्छे उहाँ धेरै योग्य हुनुहुन्छ भन्नु भयो । दुर्गन्दित व्यक्तिलाई नियुक्ती गरेर आफ्नो उद्देश्य पूरा गराउन लाग्नुभयो ।'

अहिले नेकपामा देखिएको बहस विधि र प्रक्रियाको भएको खनालको तर्क छ । उनी भन्छन्, 'पदको लडाईँ होइन, यो विधि र प्रक्रियाको कुरा हो । जनतामा भने उहाँहरुले भ्रम छर्नु भएको छ । पाँचै वर्ष सरकार सञ्चालन गर्न दिइएकै थियो त । सरकारले तीनवटा बजेट ल्याउँदा पनि राम्रो काम गरेन । जनतामा विश्वास नै देखिएन । अहिलेको बहस कम्युनिष्ट पार्टीलाई कसरी अगाडि बढाउने भन्ने नीतिगत विषय जोडिएको छ ।'




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV