प्रधानमन्त्रीले जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेतः नेता थापा



काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लगानी बोर्डमा बिचौलियाको आरोप लागेका सुशील भट्टलाई नियुक्ति दिएको बिषयमाथि प्रधानमन्त्री केपी शर्मा ओली प्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । उनले अगाडि भनेका छन्, “लगानी बोर्डको सिइओ नियुक्ति प्रकरणः ‘लाल बिचौलियावाद’ को अर्को उदाहरण ! निर्लज्जता !”

नेता थापाले प्रधानमन्त्रीलाई केवल आफ्नो कुर्सी जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ मात्र भएको उल्लेख गर्दै लोक र विधिसँग कुनै डर नभएको बताएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV