प्रदेश दुईमा दुईको मृत्यु, २२७ नयाँ संक्रमित थपिए



जनकपुर । प्रदेश नम्बर २ मा बुधबार कोरोनाको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने २ सय २७ जना नयाँ सङ्क्रमित थपिएका छन् । वीरगञ्ज–१५ बस्ने ४५ वर्षीय पुरुष र पर्साको पोखरिया–८ की १८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट बुधबार मृत्यु भएको छ ।

याेसँगै प्रदेश दुईमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । सोमध्ये १४ जना पर्सा जिल्लाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा फेला परेका २ सय २७ जना नयाँ सङ्क्रमितमा ४१ जना महिला रहेका छन् । सोअनुरुप पर्सामा १ सय ४७, धनुषामा २३, सर्लाहीमा १९ , महोत्तरीमा १४, सिरहामा चार र सप्तरीमा एक जना रहेको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताए । योसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २ सय ७२ पुगेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV