'पार्टीमा गम्भीर सैद्धान्तिक असहमति भयो, रुपान्तरण गर्ने प्रयास पनि सफल भएन' : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले पार्टीमा विचारको गम्भीर संकट देखिएको बताएका छन् । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मासँग वैचारिक बहस चलिरहेको बताएका छन् ।

पार्टीमा नकरात्मक प्रवृत्तिका पात्रको भूमिका परिवर्तनमा श्रेष्ठले जोड दिए । उनले भने, 'रुपान्तरणको प्रयासस्वरुप मंसिर ४ र वैशाख २० गतेको सहमति गरिएको थियो । त्यो पनि कार्यान्वयन भएन । पार्टीमा गम्भीर सैद्धान्तिक संकट पैदा भएको छ । त्यसैले अब नकारात्मक प्रवृत्तिका पात्रहरुको भूमिका परिर्वतन गरेर भए पनि अगाडि बढ्नुपर्छ भनेर प्रयत्न भइरहेको छ ।’

पार्टी कस्तो बनाउने भन्ने बहस चलिरहेको भन्दै श्रेष्ठले वैचारिक विवाद भए पनि सतही प्रचार भएको बताए । उनले भने, 'अहिले पार्टी विधि र प्रक्रिया अनुसार चल्ने वा नचल्ने भन्ने बहस छ । व्यक्तिले पार्टी चलाउने वा पार्टीले व्यक्ति चलाउने भन्नेलगायतका विभिन्न विवाद अहिले देखिएका छन् ।'

पार्टी अहिलेकै अवस्थामा विसर्जनको बाटोमा जान लागेको श्रेष्ठले बताए । उनले भने, 'पार्टीलाई विसर्जनको दिशातिर जाने खतरा पैदा भयो । सरकार असफल भएर चुनावमै जान नसक्ने अवस्था आउन नदिन पनि नकारात्मक प्रवृत्तिका पात्रहरुको भूमिका परिर्वतन गरेर सकारात्मक प्रवृत्तिलाई स्थापित गर्नुपर्छ । अहिलेको विवाद पूर्णरुपमा सैद्धान्तिक छ ।'




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV