बाँके प्रहरीद्वारा दुई नाल बन्दुकसहित दुई पक्राउ



बाँके । बाँके प्रहरीले २ नाल भरुवा बन्दुक सहित बाँकेको राप्तीसोनारीबाट दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार राती १ः४० बजे राप्तीसोनारी गाँउपालिका ४ खरघट्टीमा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुवास खड्काका अनुसार, गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईया बाँकेबाट खटिएको प्रहरी टोलिले ५० वर्षीय राम बली चौधरी र ६१ वर्षीय बिष्णु प्रसाद चौधरीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको घरमा खानतलासी गर्ने क्रममा २ नाल भरुवा बन्दुक फेला पारेको खड्काले बताए ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV