चीनमा किर्नोको टोकाईबाट नयाँ भाइरसको उदय, सात जनाको मृत्यु



एजेन्सी । चीनमा एक नयाँ भाइसरका कारण सात जनाको मृत्यु भएको छ भने ६० जना संक्रमित भएका छन् । किर्नोको टोकाईबाट सर्ने यो भाइरसबाट पूर्वी चीनको जियाङ्सु प्रान्तमा ३७ जना मानिस प्रभावित भएको समाचार स्रोतले जनाएको छ ।

जियाङ्सु प्रान्तको नान्जिङ निवासी वाङ नाम गरेकी महिलामा ज्वरो र खोकीका लक्षणहरु देखिएको थियो । एक महिनाको उपचार पश्चात उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । तर उक्त भाइरसले झिजियाङ्ग प्रान्तको एन्हुइमा कम्तिमा सात जनाको मृत्यु भएको थियो ।

भाइरोलोजिष्टले यो किर्नाबाट मानिसमा सर्ने र मानिसमा संक्रमण फैलिने गर्दछ । झिजियाङ विश्वविद्यालय अन्तर्गत अस्पतालका चिकित्सक सेङ जिफाङले मानिसबाट मानिसमा सिधै नसर्ने बताउँछन् । उनी बिरामीका रगत र खकारबाट सर्ने बताउँछन् । चिकित्सकहरुले किर्नाले टोकेर नै मुख्य रुपमा यो भाइरसको संक्रमण हुने हुँदा सतर्क रहन आग्रह गरेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV