विद्यालय भवन शिलान्यास



पोखरा । पोखरा महानगरपालिका–३२, श्यामघाट लामेआहालस्थित राधाकृष्ण गुरुकूल संस्कृत विद्यालयको भवन शिलान्यास गरिएको छ ।

नेपाल सरकार पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को ६२ लाखको आर्थिक सहयोगमा चार कोठे पक्की भवन र अपाङ्ग तथा बालबालिका मैत्री शौचालयसमेत निर्माण गर्न लागिएको हो ।

विद्यालय भवनको शिलान्यास गर्दै पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले समाजमा सुसंस्कारका लागि संस्कृत शिक्षाको ठूलो योगदान रहेको धारणा व्यक्त गरे । विद्यालयको आर्थिक, भौतिक र शैक्षिक उन्नयनका लागि वडा कार्यालयबाट हुने आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देल, प्रधानाध्यापक केशवराज पौडेल लगायतले विद्यालयका शैक्षिक गतिविधि सञ्चालनका लागि भवन बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । रासस




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV