प्रहरीले पासमा कडाइ गरेपछि नाकामा ओर्लिएर पैदलै काठमाडौं प्रवेश



काठमाडौं । काठमाडौं उपत्यका छिर्ने सबैभन्दा ठूलो र व्यस्त नाका हो, नागढुंगा । मंगलबार मध्यान्ह १२ बजेतिर नागढुंगामा धनगढीबाट स्कुटरमा आएका अर्जुन गुरुङ लरखराइरहेका थिए । काठमाडौं प्रवेशका लागि प्रहरीले अनुमति नदिएपछि उनी तनावमा थिए ।

बुटवलमा स्कुटर नवीकरण गराएर आएका गुरुङलाई प्रमुख जिल्ला अधिकारीको पास नभएको भन्दै प्रहरीले रोकेको हो । उनी १० दिनअघि नागार्जुन नगरपालिका ३ बाट पास बनाएर गएका थिए । जाँदा गए, यही पासले भयो, अहिले सीडीओको पास चाहिन्छ भन्छन्ु, आक्रोशित मुद्रामा भेटिएका गुरुङले भने, ‘पास नभए फर्किएर जाऊ भन्छन्, यहाँ आएको मान्छे त्यति टाढा फेरि फर्केर जाने कुरा भएन ।

लगत्तै धादिङको नौबिसे हिँडेका दुई जनालाई पास नभएको भन्दै प्रहरी रोक्यो । पेसाले प्राविधिक उनीहरू कामको सिलसिलामा हिँडेका रहेछन् । ‘साइडको कामको लागि नौबिसे हिँडेका हौं, प्राविधिक राजन महर्जनले भने, ‘हामीसँग अरू सबै कागजात छ, कार्ड पनि छ तर सीडीओको पास नभई जान पाइँदैन भनेर प्रहरीले रोकेको छ ।’

यी प्रतिनिधि घटना मात्रै हुन् । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले अन्तरजिल्ला प्रवेशमा कडाइ गरेको छ । सीमा नाकामा भित्रिने र बाहिरिनेलाई सुरक्षाकर्मीले अनिवार्य पासको व्यवस्था गरेको छ । चेकजाँचमा कडाइ गरिएपछि नागढुंगामा नेपाली सेनाको सामग्री लिएर आएको एउटा गाडीलाई प्रहरी रोकेर राख्यो ।

सेनाका अधिकारीले आफ्नो परिचयपत्र देखाउँदा पनि प्रवेश गर्न नदिएको भन्दै हामीसँग गुनासो पोखे । ‘हामीलाई पनि रोकिएको छ, समान धेरै छ, नत्र त हामी फर्किन्थ यौं, सादा पोसाकमा रहेका सेनाका एक अधिकारीले नाम नबताउने सर्तमा भने, ‘सीडीओको पास नभए जान पाउनु हुन्न भनेर रोकिराखेको छ । ‘प्रहरीले पासमा कडाइ गरेपछि कतिपय यात्रु गाडीबाट ओर्लिएर चेकजाँच छल्न पैदल हिँडेकोसमेत पाइयो भने कतिपय यात्रु वैकल्पिक बाटोको खोजीमा थिए ।

काठमाडौंबाट तराई हिँडेका दुई युवा पास नभएकाले चोरबाटो खोज्दै थिए । सवारीसाधन चेकजाँचमा प्रहरीले कडाइ गरे पनि पैदल यात्रुलाई भने रोक लगाउन सकेको छैन । हिँडेर आइरहेकालाई रोक्न खोज्यो भने यहाँ तलसम्म हो भनेर छल्न खोज्छन्, एक प्रहरीले भने, ‘कतिपय टाढाबाट पैदलै आएका हुन्छन्, फेरि फर्काएर पठाउन पनि गाह्रो । गाडी रिजर्भ गरेर आएका यात्रु पनि नागढुंगा नाका नजिक आएपछि ओर्लिएर पैदलै आउने गरेका भेटियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV