बजार नपाउँदा डोटीमा कुहिन थाले आँप



डोटी । विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यातायात तथा बजार व्यवसाय राम्ररी अझै खुलेको छैन् । यातायात तथा बजार व्यवसाय नखुल्दा उत्पादन भएका कुषिजन्य वस्तु तथा फलफूल बारीमै कुहिन थालेका छन् ।

शिखर नगरपालिका वडा नम्बर २ मुडेगाउँ निवासी अमरबहादुर शाही एक सफल पर्यटन व्यवसायी हुन् । उनले सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान दिनुका साथै नेपालका अन्य क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको समेत विकासका लागि काम गर्दै आइरहेका छन् । उनी पर्यटन विकासका साथै कृषि कर्ममा समेत सफल छन् ।

शाही अधिकांश समय काठमाडौंमा बस्दै आएपनि मुडेगाउँमा रहेको घरसँगैको करिब १० रोपनी जग्गामा आँप तथा लिची फलाउँदै आएका छन् । दशौं वर्षदेखि रोपेका सयौं बोटा आँप तथा लिचीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । बारीमा फलेका आँप अरिङ्गाल, चरा, बादर तथा बँदेलका लागि आहारा बनेका छन् ।

अहिले बारीमा अढाई÷तीन सय आँपका रुखहरु छन् । सधैका वर्षमा काठमाडौंका बजारसम्म पुग्ने आँप यसपाली भने कोरोना महामारीका कारण यातायात बन्द भएकाले स्थानीय बजारमा समेत जान नसकेर बारीमै कुहिन थालेका शाही बताउँछन् ।

छिमेकी गाउँबाट घरमै गएर आँप लैजाने बाहेक अन्य बजारमा जान सकेका छैनन् ।अहिले जिल्लाका प्रमुख व्यक्तित्वहरु प्रजिअ, सुरक्षा निकायका प्रमुख, न्यायधिशलगायत सञ्चारकर्मी बारीमै पुगेर आँपको स्वाद लिइरहेका छन् उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV