सिरहामा समुदायस्तरमा कोरोना संक्रमण



सिरहा । बुधबार सिरहामा चार थप कोरोना भाइरस (कोभिड–१९) को संक्रमित फेला परेको छ ।

उनीहरु चारै जना समुदाय स्तरका हुन् । मिर्चैया नगरपालिका ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा एक जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

कोरोनाको संक्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । पेट्रोल पम्प सील गरिएको छ । कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालयको सहयोगमा संक्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य कार्यालयको सूचना केन्द्रका फोकल व्यक्ति अन्देश्वर चौधरीले जानकारी दिए ।

यसअघि गत शनिबार पनि समुदायका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का गैरसरकारी संस्थाका कर्मचारी हुन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV