चीनमा फैलियो नयाँ भाइरस : ६० जना संक्रमित, ७ जनाको मृत्यु



एजेन्सी । कोरोना भाइरसको संक्रमणसँगै चीनमा अर्को एक भाइरसको संक्रमण फैलिएको छ । यो भाइरसका कारण ७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा धेरै संक्रमित भएका छन् ।

ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु र अनहुइ प्रान्तमा दर्जनौँ व्यक्ति बिरामी परेका छन् । यो भाइरस एक प्रकारको किराले टोकेपछि फैलिने गर्छ ।

चिनियाँ सञ्चारमाध्यमले जियाङ्सुमा ३७ र अनहुइमा २३ जनामा यो भाइरस फैलिएको जनाएका छन् । यो नयाँ भाइरसबाट कम्तिमा ७ जनाले ज्यान गुमाइसकेका छन् । यो भाइरसको नाम हुइयाङ्गसान बनयाङभाइरस रहेको छ । छोटोमा यो भाइरसलाई एसएफटिएस भाइरस भनिन्छ ।

यो भाइरसको संक्रमण भएपछि मानिसमा ज्वरो आउने, खोकी लाग्नेलगायतका समस्या आउँछन् । 

संक्रमितको शरीरमा ब्लड प्लेटलेट्सको कमी हुन्छ । चीनमा अहिलेको समयमा फैलिएको यो एसएफटिएस भाइरसलाई वैज्ञानिकहरुले बुन्या भाइरस समूहमा राख्ने गरेका छन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि यो भाइरस फैलिने पुष्टि भएको छ ।

जेझियाङ विश्वविद्यालयका प्रा.डा. सेङ्ग जिफाङ्गले एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सजिलै फैलिने बताएका छन् । मानिसको म्युकस र रगतको माध्यमबाट यो भाइरस सर्न सक्छ ।

यो भाइरस चीनसँगै जापान, दक्षिण कोरिया, भियतनाम र ताइवानमा पनि फेला परेको छ । यो भाइरस पनि संक्रामक रहेको छ । यो भाइरसको लक्षण पनि कोरोना भाइरसको लक्षणसँग धेरै मिल्दाजुल्दा रहेका छन् ।

ज्वरो आउने, भोमिट हुने, पखाला लाग्ने, मल्टिपल अर्गान फेल्योर हुने, ब्लडमा प्लेटलेट्सको कमी हुने, ह्वाइट ब्लड सेल घट्ने र लिभर इन्जाइम बढ्ने समस्या देखिन्छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV