'केपी ओली भनेको निर्वाचित हो, माधव नेपाल हारेको हो'

नेकपा विवाद



  • किरण गुरुङ, नेकपा स्थायी कमिटी सदस्य

किरण गुरुङ, नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्य हुन् । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रहेका गुरुङ नेकपामा चलिरहेको आन्तरिक विवादमा खुलेरै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाइरहेका छन् । ओलीको पक्षमा माहौल बनाउन उनी काठमाडौसँग धाइरहेका छन् । पार्टीका आन्तरिक विवाद र समाधान विषयमा सहकर्मी लोक गुरुङले गरेको अन्तरवार्ताको सम्पादित अंश ।

  • पार्टी अध्यक्ष फाल्ने भनेको महाधिवेशनले मात्र हो, अरुले फाल्न सक्दैन ।
  • दलको विधानले दलको नेतालाई मात्र चिन्छ, पार्टीलाई चिन्दैन । त्यसैले दलको बैठकमा प्रधानमन्त्रीले आफैले मलाई फाल भनेर चुनाव गर्नुहुन्न ।
  • जनताबाट निर्वाचित प्रधानमन्त्री र महाधिवेसनबाट निर्वाचित पार्टी अध्यक्षलाई स्थायी कमिटी, केन्द्रीय कमिटीबाट हटाउने भन्ने कुरा अहिले विधान, पद्धति र विधि विपरीत छ ।
  • पार्टी स्थायी कमिटीमा प्रधानमन्त्री अल्पमतमा हुनुहुन्न । अल्पमतमा भएको बेला कारवाही भैसक्थ्यो ।
  • पार्टीका बैठकहरु समयमा राख्नुपर्छ, विभिन्न विषयमा छलफलहरु चलाउनुपर्छ भन्नेमा अहिलेको साथीहरुको बहुमत हो, तर यो सरकार फालेर अर्को सरकार बनाउने र
  • ओलीलाई हटाएर अर्को अध्यक्ष बनाउने भन्नेमा बहुमत छैन ।
  • ओलीलाई अध्यक्षबाट फाल्नका लागि पनि पूर्वएमाले बीच नै छलफल हुने हो ।

नेकपामा देखिएको विवाद अहिले सतहमै देखिएको छ, मुख्य कारण के हो ?

अहिले पार्टीमा विवाद देखिएको कुरा साँचो हो । यो विवाद सैद्धान्तिक पनि होइन, वैचारिक पनि होइन । विवाद भनेको प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, प्रधानमन्त्री हट्नुपर्छ भन्ने हो । पार्टी अध्यक्षबाट पनि केपी शर्मा ओली हट्नुपर्छ भन्ने हो । अहिलेको अवस्था प्रधानमन्त्री हट्नुपर्छ भन्ने माग अनुचित छ । किनकि लोकतन्त्रमा निर्वाचित भएर आएपछि पाँच वर्षसम्म काम गर्न पाउनुपर्छ, त्यही लोकतान्त्रिक परिपाटीअन्तर्गत उहाँ प्रधानमन्त्री हुनुभएको हो । दुई तिहाई भएर मात्र स्थिर सरकार हुँदैन रहेछ । अहिले राजीनामा माग्ने, विभिन्न ढंगले बहुमतको खेल गर्ने र प्रधानमन्त्री हटाइरहने हो भने त्यो भनेको अस्थिरता निम्त्याउने हो । अहिले संविधानले त्यो अस्थिर सरकारको परिकल्पना नै गरेको छैन ।

माओवादी केन्द्रबाट आएका साथीहरुको कुरा छ, तत्कालिन माओवादीसँग हामी ६० र ४० को अनुपातमा एकता गरेका हौ । त्यसैले बहुमत तत्कालिन एमाले पार्टीसँग छ, एमालेसँग बहुमत हुनाले माओवादी साथीहरुलाई बहुमतको निर्णयबाट असहज नहोस भनेर हामीले २ अध्यक्ष प्रावधान बनाएका हौ ।

विगतमा पनि हामीले धेरै दुःख पायौ । त्यसबेला नेपाली कांग्रेस सरकारमा रहँदा स्पष्ट बहुमत हुँदाहुँदै यस्तो हुँदा अस्थिर भएर लोकतन्त्र नै गुम्दै आएको थियो । त्यसकारण अहिलेको संविधानमा नै हामीले अस्थिर ढंगको सरकार हुने कल्पना नै गरेका छैनौ । अहिले हाम्रा केही नेता साथीहरुले पार्टी एकीकरण भएर पूरा भइनसकेको अवस्थामा बहुमतको खेल देखाएर प्रधानमन्त्रीको राजीनामा माग्ने र हटाउने योजना बनाइयो । पार्टी अध्यक्षबाट समेत यस्तै प्रकारले हटाउन खोजियो । हामी तत्कालिन एमालेका सबै नेता तथा प्रतिनिधिहरु महाधिवेशनबाट निर्वाचित भएर आएका हौ । त्यसैले पार्टी अध्यक्ष फाल्ने भनेको महाधिवेशनले मात्र हो, अरुले फाल्न सक्दैन । जहाँसम्म माओवादी केन्द्रबाट आएका साथीहरुको कुरा छ, तत्कालिन माओवादीसँग हामी ६० र ४० को अनुपातमा एकता गरेका हौ । त्यसैले बहुमत तत्कालिन एमाले पार्टीसँग छ, एमालेसँग बहुमत हुनाले माओवादी साथीहरुलाई बहुमतको निर्णयबाट असहज नहोस भनेर हामीले २ अध्यक्ष प्रावधान बनाएका हौ । यसको अर्थ के हो भने अर्को एकता महाधिवेसनसम्म २ वटा पार्टीको अध्यक्षबाट पार्टीलाई अगाडि बढाउने भनिएको छ । यहाँ अल्पमत र बहुमतको आधारमा फैसला गरेर जानेभन्दा पनि २ जना अध्यक्षको सहमतिमा अगाडि जाने भनिएको छ । त्यसैले जनताबाट निर्वाचित प्रधानमन्त्री या महाधिवेसनबाट निर्वाचित पार्टी अध्यक्ष स्थायी कमिटी, केन्द्रीय कमिटीबाट हटाउने भन्ने कुरा अहिले विधान, पद्धति र विधि विपरीत छ ।


पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीमा अल्पमत परिसकेपछि प्रधानमन्त्रीमाथि नैतिक दबाव त दखियो नि होइन र ?

होइन, छैन–छैन । अहिले आएर स्थायी कमिटीमा बहुमत छैन भनेर कसरी भन्ने ? २९ जना बैठकमा बसेका भनिएकाले सबैले पार्टी अध्यक्षबाट राजीनामा माग्नुहुन्न, माग्ने नै हो भने महाधिवेसनबाट जानुपर्छ भनेका थिए, छन् । प्रधानमन्त्रीबाट त हटाउने कुरा नै भएन, वैंधानिक व्यवस्था नै छैन । उहाँ नै दलको नेता भएकोले उहाँले त्यो प्रक्रिया अगाडि नबढाएपछि त्यो हुनसक्ने संभव नै भएन । दलको विधानले दलको नेतालाई मात्र चिन्छ, पार्टीलाई चिन्दैन । त्यसैले दलको बैठकमा उहाँ आफैले मलाई फाल भनेर चुनाव गर्नुहुन्न नि ।

टीले चैतमा महाधिवेशन गर्ने भनेको थियौं, हामीले हटाउने भए मंसिरमै अधिवेसन गरेर जाउ भनेका पनि छौ । मंसिरमा महाधिवेसन संभव छ, त्यो ठूलो कुरा होइन । यो नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा सामान्य निर्णय होइन, केन्द्रीय कमिटीले सक्दैन, महाधिवेसन नै गर्नुपर्छ ।

उहाँले चाहेसम्म उहाँ दलको नेताबाट हट्दैन, अरुले उहाँलाई हटाउन सक्नुहुन्न । त्यसैले विधिको कुरा गर्ने हो भने महाधिवेसन गर्नुपर्यो । फेरि उहाँले अध्यक्षबाट हट्दिन पनि भन्नुभाको छैन । तर अध्यक्ष हटाउने त अल्पमत बहुमतबाट होइन महाधिवेसनबाट हो । केन्द्रीय कमिटीले चैतमा महाधिवेशन गर्ने भनेको थियौं, हामीले हटाउने भए मंसिरमै अधिवेसन गरेर जाउ भनेका पनि छौ । मंसिरमा महाधिवेसन संभव छ, त्यो ठूलो कुरा होइन । यो नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा सामान्य निर्णय होइन, केन्द्रीय कमिटीले सक्दैन, महाधिवेसन नै गर्नुपर्छ । फेरि प्रधानमन्त्री हटाउने भन्ने कुरामा उहाँले फेस गर्छु भन्नुभाछ । त्यसैले बहुमत छ भन्दैमा यस्तो कुराहरु आगडि ल्याएर लोकतन्त्र कमजोर बनाउने काममा साथीहरुको भूमिका देखियो ।

विशेषगरी माधव नेपाल पक्षले विधि र पद्धतिको कुरालाई बढी उठाइरहेका छन् नि ?

अहिले हामी विधानमा व्यवस्था गरिएको अनकूल नै छौ । उहाँहरु नै लोकतन्त्र, विधि भन्ने अनि गुट बलियो बनाइरहनुभएको छ । विधि भनेको गुटको बैठक राख्ने होइन, विधि भनेका गुटको बैठक राखेर कसरी हुन्छ, यसलाई असफल पार्छु भन्ने होइन, कसरी हुन्छ हटाएरै छाड्ने भन्ने होइन । विधि भनेको महाधिवेसन हो । विधि भनेको विधानले भनेको छ, सहमतिको आधारमा अर्को एकताको महाधिवेसन गर्ने भनेको छौ, विधानमा नै यस्तो व्यवस्था गरेका छौ । त्यसलाई हामी सवैले मान्नुपर्यो । नेकपालाई फुट्न दिनुहुँदैन, एकीकृत ढंगले अगाडि बढाउनुपर्छ भन्ने आम कार्यकर्ताको चाहना छ, भावना छ । त्यसैले यस्तो बेलामा प्रधानमन्त्री जस्तो व्यक्तिलाई चोइटिएर गए जान्छ भन्ने ढंगले अभिव्यक्ति दिने समय अहिले होइन् । हिजो हारिसकेपछि पाँच बर्ष उसले कुर्नुपर्यो । अर्को महाधिवेसनसम्म कुर्ने र जित्ने गरी जानुपर्यो । प्रधानमन्त्री हुनलाई पनि ५ वर्षपछि फेरि जितेर प्रधानमन्त्री हुनुपर्यो ।

यहाँनिर नजिरको विषय पनि रह्यो, भोलिको दिनमा प्रधानमन्त्री र पार्टी अध्यक्षले नै बहुमतको सदस्यको कुरा नमान्ने हो भने तल्लो तहमा के होला ?

हामी अल्पमतमा छँदै छैनों, उहाँहरुसँग बहुमत भएको भए उहिले कारवाही गरिसक्थ्यो, त्यसैले उहाँहरुसँग बहुमत छैन । २९ जना मध्येले धेरैले पार्टी अध्यक्षलाई हटाउने नै भए महाधिवेसनबाट हटाउनुपर्छ भनेर बोल्नुभाको छ । बामदेव कमरेड अहिले प्रधानमन्त्रीको साथमा हुनुहुन्छ । त्यसैले बहुमत उहाँहरुसँग भएको भए कारवाही गरिसक्थ्यो । बहुमत नपुगेर नै कारवाही नगरेर अहिले हच्किएर अहिले पछाडि सरेको हो । विनाआरोप कसैका पदका निम्ति पार्टी फुटाउने कुरा, कुनै कारणविना सरकारबाट हटाउने विधि विधानले दिँदैन । केपी ओली भनेको निर्वाचित हो, माधव नेपाल हारेको हो ।

एकीकरण गर्ने वेलामा एक जना अध्यक्ष अल्पमतमा हुनुहुन्थ्यो, त्यसैले अल्पमतले बहुमतलाई मान्ने होइन कि मिलेर अगाडि बढ्ने भन्ने कुरा पार्टी एकीकरणको मूल मर्म भावना हो ।

हिजो सहमतिको आधारमा पार्टीको एकीकरण आएकाहरुले पनि सहमति मान्नुपर्यो । एकीकरण गर्ने बेलामा ६० र ४० अनुपात भागवण्डा मान्ने तर हटाउने बेलामा बहुमतको कुरा गर्ने ? भोलि ६० प्रतिशत टोलीले बहुमतको आधारमा अर्को टोलीलाई ३० प्रतिशत मात्र दिने भनेर भन्देला रे, त्यसरी मान्छन् त ? मान्दैन । त्यसैले विधानमै २ वटा अध्यक्ष राखेका छौ । एकीकरण गर्ने वेलामा एक जना अध्यक्ष अल्पमतमा हुनुहुन्थ्यो, त्यसैले अल्पमतले बहुमतलाई मान्ने होइन कि मिलेर अगाडि बढ्ने भन्ने कुरा पार्टी एकीकरणको मूल मर्म भावना हो । ल अहिले उदाहरणका निम्ति बहुमतको कुरा आउला रे, यो सैद्धान्तिक, वैचारिक कुरा होइन । भोलि अर्को प्रधानमन्त्री भएपछि फेरि अर्को पक्षले बहुमत पुर्याएर फाल्न सक्ला, त्यसरी फेरि अस्थिरताको खेल हुन्छ, यसले पार्टी, लोकतन्त्र र देशको भलो गर्दैन ।

पार्टी एकीकरणपश्चात पूर्वमाओवादीमा तुलानात्मक रुपमा एकता देखिए पनि पूर्व एमालेको गुटवन्दी जस्ताको तस्तै रह््यो । यसले पनि पूर्वमाओवादी, पूर्वएमाले गुटमा मिसिएर बलियो भयो । यसले नै अहिलेको अवस्था आयो होइन र ?

एकथरीको बुझाई के छ भने पूर्वमाओवादी एक ठाउँमा छ, त्यस्तो छैन । सबैको बुझाई र मिडियाको बुझाई पनि त्यही छ । त्यस्तो होइन । पार्टी विभाजनको पक्षमा न पूर्व माओवादी न पूर्वएमाले छ । केही मान्छे होलान, कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष चाहिए होला त्यति मात्रै हो । तर पार्टी विभाजनलाई रोक्न ओलीले नै राजीनामा दिनुपर्छ भन्नेमा आमकार्यकर्ता छैनन् । हामीले पार्टी ठूलो बनायौ । बैठक राख्ने, कार्यविधि बनाउने कुरामा ध्यान दिन सकेनौ । सानो संगठन हुँदाको अवस्थामा जस्तो छोटो समयमा बैठक बस्ने परिपाटी बनायौ तर अहिलेको संगठनको संरचनाले तोकिएको अवधिमा बैठक राख्न संभव नै छैन । कोरोनाको कारणले पनि गर्न सक्ने कुरा भएन । त्यसैले पार्टीका बैठकहरु समयमा राख्नुपर्छ, विभिन्न विषयमा छलफलहरु चलाउनुपर्छ भन्नेमा अहिलेको साथीहरुको बहुमत हो, तर यो सरकार फालेर अर्को सरकार बनाउने र ओलीलाई हटाएर अर्को अध्यक्ष बनाउने भन्नेमा बहुमत छैन ।

बरिष्ठ नेता माधव नेपाल गुटलाई प्रधानमन्त्री ओलीले अवसर नदिने र विभिन्न क्षेत्रमा एकलौटी गरेपछि नेपाल पक्ष ओलीसँग बढी चिढिएकै हो ?
पार्टीभित्र भागभण्डा गर्ने कुरा नै बेठीक हो, म यसको विपक्षीमा छु । भागभण्डा गरेर नै पार्टी बिग्रिएको हो । पार्टी भनेको कुनै आक्रोस पोख्ने ठाउँ पनि होइन् । आफूले पाएन भनेर कुण्ठा पोख्ने ठाउँ पनि होइन । जसले पाए पनि पार्टीले पाएको छ, नेकपाले पाएको छ । नेपालको सबैभन्दा ठूलो पार्टीको प्रतिनिधिले पाएको छ । हामीले यसरी बुझेर अगाडि बढ्नुपर्यो । हामीले इच्छा गरे अनुसार सबै त पाइदैन नि । सबै प्रधानमन्त्री हुन त सक्दैन, एक जना मात्र प्रधानमन्त्री हुने हो । सबै अध्यक्ष हुन पनि सक्दैन ।

भागभण्डा लाग्दा पूर्वएमाले र पूर्वमाओवादी भनेर लगाउने अनि अध्यक्ष फाल्ने बेलामा मिलेर हामीसँग बहुमत छ भन्न मिल्दैन । त्यसै गर्ने हो भने ६० र ४० अनुपात मान्छु भन्न मिलेन । जति कमिटी छ ती सबैमा बहुमतको आधारमा निर्णय गर्दै हिड्नुपर्यो । जिल्ला अध्यक्ष छ, सचिव छ सबैमा बहुमत छ भन्दै फाल्दै हिड्ने हो भने के हुन्छ भन्नुस त ? त्यसरी त यो एकीकरण नै भंग हुन्छ ।

अब पार्टीको विवाद कसरी मिलाउने त ? निकास कसरी दिने ?
हाम्रो पार्टीका उपाध्यक्ष बामदेव गौतम कमरेडले एउटा निकासका लागि उपाय निकाल्नुभएको छ । त्यहाँ उहाँले के भन्नुभाछ भने केपी ओली ५ वर्षका लागि प्रधानमन्त्री भनेर भन्नुभएको छ । अध्यक्ष नै हट्नुपर्छ भने महाधिवेसन गरेर हटाउने भन्नुभएको छ । किनभने अध्यक्ष भनेको पार्टी नेतृत्वकर्ता हो, नेतृत्व परिवर्तन महाधिवेसन नगरीकन हटाउन मिल्दैन, सक्दैन । हाम्रो विधि र विधानले त्यही भनेको छ । किनकि हामी त निर्वाचित हौ । केपी ओली पूर्वएमालेबाट आएको निर्वाचित अध्यक्ष हो । पूर्व एमालेबाट आएको हुनाले ओलीलाई हटाउन छलफल पूर्व एमालेको बीचमा मात्र चल्नुपर्छ । माधव नेपाललाई अध्यक्ष बनाउने हो भने पनि साविक एमालेभित्र नै छलफल चलाउने हो । ६० र ४० को अनुपातमा एकीकरण भएको हुनाले माओवादीले जस–जसलाई भनेको छ । त्यसलाई हामीले मान्दै आएका छौ अनि एमालेमा ६० प्रतिशतमा जस–जसलाई भनेका छौ, त्यसलाई मान्ने गरेका छौ भनेपछि ओलीलाई अध्यक्षबाट फाल्नका लागि पनि पूर्वएमाले बीच नै छलफल हुने हो । भागभण्डा लाग्दा पूर्वएमाले र पूर्वमाओवादी भनेर लगाउने अनि अध्यक्ष फाल्ने बेलामा मिलेर हामीसँग बहुमत छ भन्न मिल्दैन । त्यसै गर्ने हो भने ६० र ४० अनुपात मान्छु भन्न मिलेन । जति कमिटी छ ती सबैमा बहुमतको आधारमा निर्णय गर्दै हिड्नुपर्यो । जिल्ला अध्यक्ष छ, सचिव छ सबैमा बहुमत छ भन्दै फाल्दै हिड्ने हो भने के हुन्छ भन्नुस त ? त्यसरी त यो एकीकरण नै भंग हुन्छ ।

अब दुवै पक्ष आ–आफ्नो अडानमा बस्ने, अब पार्टी यसरी कति दिनसम्म चलाउने ?
हैन पार्टी त चल्छ । चलाउनुपर्यो, बुझ्नुपर्यो । पार्टीमा एकता महाधिवेसन नहुँदासम्म त सहमतिमै चल्नुपर्ने भन्ने छ नि त । अध्यक्ष केपी ओली किन हट्ने भन्नुस त । बहुमतको नाममा गर्ने हो भने प्रचण्ड पनि हट्नुपर्ने होला । पूर्वमाओवादीभित्र पनि प्रचण्ड हट्नुपर्छ भन्ने पनि छन् नि त, यस्तो कुरामा खेल्न त भएन नि । जसरी ६० र ४० अनुपातमा भएको छ, त्यसरी नै चल्दै जाने हो । मन्त्री बनाउँदा पनि प्रचण्डले जस–जसको नाम दिनुभयो, केपी ओलीले त्यही नामलाई मानेको हो नि । बहुमतको अधारमा निर्णय गर्दै जाने हो, तल्लो कमिटीहरु प्रदेश कमिटी, जिल्ला कमिटीहरु यही प्रक्रियामा गयो भने यसरी पार्टी एकता संभव छ र ?




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV