अमेरिकामा फैलियो नयाँ रोग : ३४ राज्यका ४ सय भन्दा धेरै संक्रमित, क्यानडामा पनि संक्रमण !



एजेन्सी । कोरोना भाइरसको संक्रमणसँगै अमेरिकामा नयाँ रोग फैलिएको छ । यो रोग अहिलेसम्म ३४ राज्यमा फैलिएको छ । ४ सय भन्दा धेरै संक्रमित भइसकेका छन् । यसको कारण रातो र पहेँलो प्याज भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले प्याजको प्रयोगमा सतर्कता अप्नाउन आग्रह गरेको छ ।

रातो र पहेँलो रंगको प्याजमा साल्मोनेला नामको व्याक्टेरियाको संक्रमण पाइएको छ । त्यसैले सिडिसीले देशभर अलर्ट जारी गरेर आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । थमसन इन्टरनेशनल नामक कम्पनीले ढुवानी गरेको प्याजमा यस्तो समस्या देखिएको छ । सिडिसीले उक्त कम्पनीले सप्लाइ गरेको प्याज घरमा ल्याएको भए तत्काल विसर्जन गर्न आग्रह गरेको छ ।

अमेरिकामा मात्र नभएर यो ब्याक्टेरियाको प्रभाव क्यानडामा पनि देखिएको छ । क्यानडामा झण्डै ६० जना व्यक्ति अस्पताल नै भर्ना भएका छन् । साल्मोनेलाको सिधा सम्बन्ध रातो र हल्का पहेँलो रंगको प्याजसँग देखिएको पुष्टि गरेको छ ।

ब्याक्टेरियाका कारण मानिसमा डायरिया, ज्वरो, पेट दुख्नेलगायतका लक्षण देखिन्छ । यसको लक्षण ६ घन्टादेखि ६ दिनसम्म जुनसुकै समयमा देखिन सक्छ । यो व्याक्टेरियाको संक्रमण ५ वर्ष भन्दा कम उमेरका बालबालिका र ६५ वर्षभन्दा धेरै उमेरका व्यक्तिमा देखिन्छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ७ गते, बुधबार

menu LIVE TV