काठमाडौंमा जोर-बिजोर : उल्लंघन गरे के कारबाही हुन्छ ?



काठमाडौं । विश्वभरी फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन गर्यो । कोरोना संक्रमण उकालो लागि रहेकै समयमा देशको अर्थतन्त्र र नागरिकको दैनिकी केही सहज गराउन भन्दै सरकारले साउन ६ गतेबाट औपचारिक रुपमा लकडाउन अन्त्यको घोषणा गर्यो ।

लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्यो । फलस्वरुप नेपालमा कोरोना संक्रमितको दर ह्वात्तै बढ्यो । विहिबारसम्मको तथ्याङ्कअनुसार नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० रहेको छ ।

कोरोनाबाट बढी प्रभावित स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ । सर्वसाधरणको चहलपहल कम गराउन जोर-बिजोर प्रणाली लागू गरिएको छ । यस्तै उपत्यकामा आइताबारदेखि लागू हुने गरी १५ दिनको लागि 'सट डाउन' गर्ने निर्णयसमेत भएको छ ।

जोर-बिजोर प्रणालीलाई पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । उपत्यकामा कोरोना संक्रमण बढिरहेकाले सरकार वा सुरक्षा निकायको डरमा नियम पालना गर्नुभन्दा पनि आफ्नो सुरक्षाको लागि नागरिक आफै सचेत र सजग बन्ने परिस्थिती सृजना भएकाले सबैले नियमको पालना गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।

योे विषम परिस्थितीलाई मध्यनजर गर्दै जोर-बिजोर प्रणालीको उल्लंघन गर्नेलाई कुनै आर्थिक कारबाहीको भने व्यवस्था गरिएको छैन । नियम उल्लघंन गर्नेको सवारी साधन नियन्त्रण भएदेखि बेलुका ८ बजेसम्म होल्ड गर्ने नीति लिएको एसएसपी ढकालले जानकारी दिए ।

यो पनि हेर्नुस्

कोरोना बढेसँगै काठमाडौं उपत्यकामा ‘सट डाउन’को तयारी

काठमाडौं उपत्यका आइतबारदेखि १५ दिन 'सट डाउन'

'सट डाउन'मा स्वास्थ्य मापदण्डमा कडाइ : यी सेवाहरु रोकिए

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV