राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित



काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा शुक्रबार निर्वाचित भएका हुन् ।

बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको थियो । त्यसैले चारवटै समितिमा सभापतिहरु निर्विरोध निर्वाचित भएका घोषणा गरिएको हो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निर्वाचित भएका रामनारायण विडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दास्तावेजहरुलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भएको र अव कार्यान्वयनमा जाने बेला भएको बताए ।

उनले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरुलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने बताए ।

यता दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले समितिले यसअघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताइन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले वार्षिक कार्ययोजना निर्माण गरी समितिका काम कारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ७ गते, बुधबार

menu LIVE TV