'सट डाउन'मा स्वास्थ्य मापदण्डमा कडाइ : यी सेवाहरु रोकिए



  • सञ्जय श्रेष्ठ

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द हुने भएका छन् । शुक्रबार काठमाडौं उपत्याकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्यसँग सम्बन्धित सरोकारवालाहरुको बैठकले उपत्यकामा सट डाउन (सेवा बन्द) गर्ने निर्णय गरेको हो ।

सट डाउन अविधिमा सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डलाई कडाईका साथ कार्यन्वयन गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । संयुक्त बैंठकले आइतबारदेखि लागुहुने गरि १५ दिनको लागि सट डाउन घोषणा गरेको छ ।

जिल्ला प्रशासनले लकडाउन खुला भएपछि बढ्दै गएको सपिङसेन्टर, जात्रा, पर्व लगाएतको ठाउँको भिडभाड कम गराउने भएको छ । बाहिर हिड्न परेको अवस्थामा माक्सको अनिवार्य प्रयोग गर्नपनि प्रशासनले आग्रह गरेको छ । समान्य अवस्थामा जस्तै चोक, पसल र होटलहरुमा जमघट गर्ने काम कम गर्न प्रशासनले आग्रह गरेको छ ।

यो अवधीमा तीनवटै जिल्ला प्रशासन कार्यालयबाट भइरहेको सेवाहरु बन्द हुने भएको छ । आइतबारदेखि जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण, शान्ति सुरक्षाको काम मात्र हुने छ ।

जिल्लाबाट प्रवाह हुने अन्य कामहरु नागरिकता वितरण, राहदानी वितरणलगायत १५ दिनको लागि बन्द हुने छ । यस्तै हातहतियार दर्ता तथा नविकरण, संस्था तथा पत्रपत्रिका दर्ता तथा नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु बन्द हुनेछन् ।

प्रशासनले निजी कार्यालयहरुमा सरकारले तयार गरेको सुरक्षा मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने भएको छ । यदि कार्यालयहरुले मापदण्ड पालन नगरेको पाइएमा कार्यालयमा बन्द गराउने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिए ।

यो पनि हेर्नुस्

कोरोना बढेसँगै काठमाडौं उपत्यकामा ‘सट डाउन’को तयारी

काठमाडौं उपत्यका आइतबारदेखि १५ दिन 'सट डाउन'

'सट डाउन'मा स्वास्थ्य मापदण्डमा कडाइ : यी सेवाहरु रोकिए

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV