काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ५६ जना, भक्तपुरमा ३ जना र ललितपुरमा ३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभैर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये १६ हजार ३ सय १३ निको भएर घर फर्किएका छन् भने ७३ जनाको मृत्यु भइसकेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ७ गते, बुधबार

menu LIVE TV