कोरोनाबाट पछिल्लो २४ घन्टामा तीनजनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पर्साको वीरगञ्ज ३ का ७४ वर्षीय पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । त्यस्तै मोरङको विराटनगर ९ का ५८ वर्षीय पुरुषको कोशी अस्पतालमा ज्यान गएको छ ।

त्यस्तै काठमाडौंको टोखाकी ४१ वर्षीया महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको गौतमले बताए ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभैर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये १६ हजार ३ सय १३ निको भएर घर फर्किएका छन् भने ७३ जनाको मृत्यु भइसकेको छ ।

 

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ७ गते, बुधबार

menu LIVE TV