दुई लाख बराबरको अवैध कपडा बरामद



कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बाट शनिबार बरामद गरेको छ । सशस्त्र प्रहरीले भारतीय बजार बसहीबाट अवैधरूपमा ल्याउँदै गरेको कपडा अमताल नजिकको जमुनाघारीबाट बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश विष्टले दुई साइकलमा राजश्व छलेर भारतबाट ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको बताए । सशस्त्र प्रहरीको टोली देखेपछि तस्करहरु भने साइकलसहित कपडा छाडेर फरार भएका छन् । यसअघि पनि सशस्त्र र जनपद प्रहरीले अवैध समान बरामद गर्दै आएको छ । बरामद कपडा भन्सार कार्यालय गड्डाचौकीमा बुझाइने बताइएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV