बलिउड अभिनेता संदय दत्त अस्पताल भर्ना



एजेन्सी । बलिउड अभिनेता संजय दत्त अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजनको मात्रा कम भएर विरामी परेपछि उनी लीलावती अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई लीलावती अस्पतालको नन कोभिड वार्डको आइसीयूमा राखिएको छ ।

उनको शनिबार गरिएको कोरोना भाइरस परीक्षण एन्टिजिन टेष्टमा नतिजा नेगेटिभ आएको थियो ।

६१ वर्षीय दत्तको पीसीआर परीक्षणका लागि स्वाब परीक्षण गरिएको छ । नतिजा आइसकेको छैन ।

उनले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे लेख्दै भनेका छन्, ‘म एकदम ठीक छु । अहिलेका लागि मेडिकल अब्जरभेशनमा छु । मेरो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ । लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको सहयोगमा एक, दुई दिनमा घर फर्किने छु ।’

समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालले पनि दत्तको स्वास्थ्य ठीक रहेको बताएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV