कोरोनाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो : शव व्यवस्थापनको भयावह तस्बिर !



एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । अहिलेसम्म १ लाख ५ हजार ४३ जनाको ज्यान गएको छ । अमेरिकापछि यो संख्या सबैभन्दा धेरै हो ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । अहिलेसम्म ३० लाख १३ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ९४ हजार २ सय ९३ जना भने उपचारपछि घर फर्किएका छन् ।

अहिले ब्राजिलमा ८ लाख १८ हजार ५ सय ३३ जना एक्टिभ संक्रमित छन् भने त्यसको एक प्रतिशत अर्थात ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । प्रतिशतको हिसाबले समग्र संक्रमितमध्ये ५ प्रतिशतले ब्राजिलमा ज्यान गुमाएका छन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV