क्षतविक्षत अवस्थामा भेटियो शव, प्रहरीले अनुसन्धान गर्दै



काठमाडौं । टोखा नगरपालिका १० गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । आइतबार बिहान सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको हो ।

टाउको भने २ सय मिटर पर भेटिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । शव ४०/४५ वर्षीय पुरुषको भएको उनले जानकारी दिए ।

शवलाइ पोष्टमार्टमका लागि टिचिङ अस्पताल, महाराजगञ्जमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV