सिन्धुलीमा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि



  • दिपेश थापा

सिन्धुली । सिन्धुलीमा एकैपटक ६ जनामा कोरोना सन्क्रमण देखिएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरैमा कोरोना एकैपटक देखिएको पहिलोपटक हो ।

साउन २१ गते स्वाब संकलन गरेर प्रादेशिक अस्पताल हेटौंडा पठाइएका २२ जनामध्ये ६ जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको स्रोतले बताएको छ ।

पठाइएका सबै स्वाबमध्य ३३ प्रतिशतको रिपोर्ट पोजिटिभ देखिएको हो । जिल्लास्थित स्वास्थ क्षेत्रका एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘यो नतिजाले जिल्लामा कोरोनाको भयावह स्थिति अनुमान गर्न सकिन्छ ।’

सिन्धुली जिल्लाका अहिलेसम्म ३४ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले पनि सिन्धुली अस्पतालमा ३ जना कोरोना पोजिटिभ उपचाररत छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV