पार्टी एकताको पक्षमा नेतृत्वलाई दबाब दिने यी हुन् नेकपाका ६३ सांसद ! (नामावलीसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देखिएको विवाद समाधानका लागि पार्टीका ६३ संघीय सांसदले नेतृत्वलाई दबाब दिएका छन् । सिंहदरबारमा आज पत्रकार सम्मेलन गरेर ती सांसदले पार्टी विभाजनबाट रोक्न र अहिले देखिएको विवाद समाधान गर्न नेतृत्वलाई दबाब दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेकपाका तीनवटै गुटमा आवद्ध सांसदको सहभागिता थियो । सामूहिक भेला तथा पत्रकार सम्मेलनमा बोल्ने सांसदले पार्टी एकताको पक्ष र विभाजनविरुद्ध आफूहरुले कठोर कदम उठाउन बाध्य हुने बताए ।

सांसद रामकुमारी झाँक्रीले विगतमा विभाजनले नमिठो अनुभव दिएको र अहिले विभाजन गर्नेहरुले सानो पार्टी चलाए पनि त्यसले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने बताइन् ।

हेर्नुस् हस्ताक्षर गर्ने सांसद

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV