एउटै टोलका १७ जनामा कोरोना संक्रमण भएपछि काठमाडौंको कोटेश्वर 'सिल'



काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ । काठमाडौं महानगरपालिका-३२, कोटेश्वरको असर्फी टोलमा १७ जनामा कोरोना संक्रमण देखिएपछि सिल गरेर नियन्त्रण तथा रोकथामको क्षेत्रमा काम थालिएको छ ।

साउन १८ मा किराना पसलका ४ जनामा कोरोना पुष्टि भएपछि आसपासको क्षेत्रका ४० जनाको परीक्षण गरिएको थियो । त्यसमध्ये थप १३ जनामा कोरोना पुष्टि भएपछि कोटेश्वरको असर्फी टोल सिल गरिएको वडा सदस्य हिरादेवी पोखरेलले जानकारी दिइन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV