जनयुद्धका घाइते कमाण्डर जमिनलाई दिल निशानी मगरले गरे आर्थिक सहयोग



काठमाडौं । पत्रकार तथा लेखक दिल निशानी मगरले जनयुद्धका घाइते कमाण्डर नैनबहादुर तामाङ 'जमिन'को उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

जनयुद्धको समयमा टाउकोमा लागेको छर्रा निकाल्न नसक्दा उनलाई क्यान्सर भएको थियो । जमिनको उपचारका लागि मगरले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५, का बासिन्दा जमिनको उपचारका लागि आर्थिक अभाव भएको थियो । नेकपा नेता कार्यकर्ता र संसारभर छरिएर रहेका नेपालीले आर्थिक सहयोग गर्ने क्रम चलिरहेको छ ।

जमिन तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर हुन् । उनले विभिन्न सैन्य मोर्चामा रहेर जनयुद्धमा भाग लिएका थिए ।

पत्रकार तथा लेखक मगरले मिलन लामालाई ९८५११०७४८४ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । विदेशमा रहेका नेपालीले एनआइसी एसिया बैंकमा रहेको सूर्य तामाङको नाममा रहेको १७८७९५२०८२६५५२४०१ खाता नम्बरमा सिधै सहयोग रकम जम्मा गर्न सक्ने उनले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV