जरिवाना तिर्न नसक्दा दुवई एयरपोर्टमा १७ नेपाली अलपत्र



युएइ । दुवई एयरपोर्टमा १७ जना नेपाली अलपत्र परेका छन । फ्लेक्स फेसिलिटी म्यानेजमेन्ट नामक कम्पनीमा काम गर्ने उनीहरु नेपाल फर्कन जनही १२ सय ८७ दिराम जरिवाना तिर्न नसक्दा एयरपोर्टमा नै अलपत्र परेका हुन् ।

उनीहरु सबै भिषा सकिएको र यसवापत १२ सय ८७ दिराम तिर्न नसक्दा समस्यामा परेको एनआरएन एनसीसी दुवईका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

विगत ४–५ महिनादेखि नै विना काम कम्पनी भित्र नै बसेको र खाना भने दूतावास र एनआरएन दुवईले उपलब्ध गराइरहेको थियो ।

आइताबार राती नेपाल एयरलाइनसको उडानबाट नेपाल जान एयरपोर्ट पुगेका उनीहरु त्यही थन्किएका छन । उनीहरु पुन कम्पनीमा नआउन भनिएका कारण पनि एयरपोर्टमै बस्नुपर्ने अवस्था आएको हो ।

उनीहरुलाई एनआरएएन युएइएको तर्फबाट सहयोग गरिएको समेत उपाध्यक्ष शेर्पाले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV